अग्निीपीडितलाई नगरपालिकाको सहयोग « Khabarhub

अग्निीपीडितलाई नगरपालिकाको सहयोग


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०-५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन् । 

राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्निपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५र२५ हजार नगद उपलब्ध गराउने बताए। 

‘आगलागीका कारण घर जलेकाले पालिकाले पीडितलाई जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरेको हो’, उनले भने, ‘दलित तथा विपन्न समुदायलाई स्थानीय सरकार भएको महसुस गराउनु जनप्रतिनिधिको प्रमुख दायित्व हो ।’

इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी र सशस्त्र प्रहरी लहानका प्रमुखको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । एक साताअघि पीडित बस्दै आएको घर तथा कटेरोमा आगलागी भएको थियो । 

यसअघि मुस्लिम समुदायबाट पनि मोहम्मद सेराजको अगुवाइमा वडाअध्यक्ष प्रथमलाल चौधरीको उपस्थितिमा आगलागी पीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो । आगोले घर जलेपछि अस्थायी संरचना बनाउन स्थानीयले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ०८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको