ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो « Khabarhub

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘दुईवटा उपनिर्वाचन एमालेले जित्यो’, उनले भने, ‘यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

ओलीले एमालेलाई सक्न धेरै कोसिस भएका बताए ।

‘एमालेलाई सिद्धाउन पटक पटक कोसिस गरे तर सफल हुन सकेनन्’, उनले भने, ‘सबै साथीहरूलाई मिसन ०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ५८ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको