वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ « Khabarhub

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि निष्क्रिय बसेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा स्वागत गर्न सकिने संकेत गरेका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा आफूभन्दा पहिले बोलेका गौतमलाई जवाफ दिने क्रममा उनले यस्तो संकेत गरेका हुन् ।

वामदेवले ८ महिनाअघि च्यासलमा भएको वार्तामा ओलीले हाई लेभलको निर्णयबाट पार्टीमा स्वागत गर्ने बताएर अझैसम्म नबोलाएको गुनासो गरेका थिए । उनले विगतका गल्तीलाई लिएर आफू आत्मआलोचित हुन तयार रहेको बताउँदै एमालेमा जिम्मेवारी दिएर फर्काउन आग्रह गरेका थिए ।

‘वामदेव कमरेडले कतिपय कुराहरू उठाउनु भएको छ ।अहिले उहाँले उठाएका कुराबारे छलफल गर्ने यो थलो होइन । पछि हामी यसबारेमा छलफल गर्छौँ’, उनले भने, ‘वामदेवजीको जुन एकताको भावना छ, त्यो सकारात्मक छ, त्यस भावनालाई अघि बढाऊँ ।’

उनले वामदेव अहिले ‘राष्ट्रिय एकता महाअभियान’को अध्यक्ष रहेको भन्दै उनलाई अभियान सफलताको शुभकामनासमेत दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ०४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले