केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित « Khabarhub

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गनाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ ।

अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुङ्गानाले जानकारी दिए । उनले भने, ‘केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।’

कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् ।

ढुङ्गानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उनले जानकारी दिए ।

यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको रु ३५ मा पकाउने गरेका छन् । रु नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुङ्गानाले बताए ।

खैरहनीका केरा व्यवसायी सागर भट्टराई चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नु पर्ने बाध्यता टरेको बताए । ‘केरा पकाउन पहिला क्याल्सियम कारवोहाइट हाल्थ्यौँ । अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिन मात्रै प्रयोग हुने गरेको छ’, उनले भने, ‘पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले एक सातासम्म बिक्री गर्न पाइन्छ ।’

च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङ समेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताए । उनले भने, ‘केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ ।’

जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा केरा खेती गरिँदै आइएको छ । यहाँ वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौँ, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ३१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको