सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-१० आयुर्वेदिक हस्पिटलस्थित सडकमा बा.३ ख २०२७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय डा.गोबिन्द रिजालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र बस चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ जर्लैया बस्ने ७५ वर्षीय राजकुमार यादबको साइकलबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी पूर्वकाे देवचुली नगरपालिका-१६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १- ०१-००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ४३ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई