सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-१० आयुर्वेदिक हस्पिटलस्थित सडकमा बा.३ ख २०२७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय डा.गोबिन्द रिजालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र बस चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ जर्लैया बस्ने ७५ वर्षीय राजकुमार यादबको साइकलबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी पूर्वकाे देवचुली नगरपालिका-१६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १- ०१-००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ४३ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ