टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की « Khabarhub

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।

त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् ।

टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ । 

इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ । आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडियो सन्देश जारी गरेको छ । यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ ।

क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्व कपभरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन् ।

वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवाबार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् । अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन् ।

रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ५८ बजे

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता

त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले