त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने « Khabarhub

त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले नियमित रूपमा ठूलो परिमाणमा दाबी रकम अस्वीकृत गर्न थालेपछि सेवा सञ्चालन असम्भव बनेको हो। 

अस्पतालका अनुसार मासिक करिब ५ करोड रुपैयाँ बराबरको उपचार खर्च हुनेमा बीमा बोर्डबाट झण्डै ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको छ। बाँकी रकम अस्वीकृत हुँदा अस्पतालले मासिक करिब २ करोड रुपैयाँ घाटा बेहोर्नु परेको जनाएको छ।

स्वास्थ्य बीमाबाट उपचार लिन आउने बिरामीको संख्या र चाप दैनिक रूपमा करिब ५० प्रतिशतसम्म बढ्दै गएको अस्पतालको भनाइ छ। तर बीमा बोर्ड र अस्पतालबीच दररेट फरक रहेको, अस्पतालले पटक–पटक आफ्नै दरलाई अन्तिम मानिदिन गरेको आग्रह सुनुवाइ नभएको र भुक्तानी प्रक्रिया पनि अवरुद्ध रहेको सूचनामा उल्लेख छ।

अस्पतालका अनुसार हालसम्म स्वास्थ्य बीमाअन्तर्गतको झण्डै ४० करोड रुपैयाँ दाबी रकम भुक्तानी हुन बाँकी छ। यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य बीमा बोर्डसँग पटक–पटक छलफल भए पनि ठोस समाधान नआएपछि सेवा स्थगनको निर्णय गर्नुपरेको जनाइएको छ।

त्रिवि शिक्षण अस्पतालले वि.सं. २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : १० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी