फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक « Khabarhub

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ ।  निर्माण पक्षले कमलपोखरीमा सोमबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।

टिजरमा मुख्य भूमिकामा रहेका अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई विशेष स्थान दिइएको छ । गाउँमा बाटो पुग्नुभन्दा पहिलाको अवस्थालाई टिजरमा देखाइएको छ । 

फिल्म गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो फिल्म भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको हो । 

‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रशंसा कमाउन सफल  फिल्म हो । टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा यो फिल्मको वर्ड प्रिमियरसमेत भएको थियो । 

मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् । 

जेठ २५ गते यस फिल्मको प्रदर्शन मिति तोकिएको छ । निर्देशक सुब्बाले सात वर्षपछि यो फिल्म ल्याएका हुन् ।

हेर्नुहोस् टिजर  

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ४६ बजे

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता

त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले