उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक « Khabarhub

उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसक्दा उपेन्द्र यादव अझै विदेशमै छन् ।

जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव मंगलबार सबेरै बिहान १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए ।

तर उनले राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटरेससहितसँग भेट गरेर नेपाल फर्किन नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।

राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर मंगलबार बिहान १ बजे यादवले नेपालमा अवतरण गर्नुअघि नै अशोक राईले जनता समाजवादी पार्टी (जनता समाजवादी) लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । यस्तोमा आयोगले सोमबार राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता प्रदान गरेको हो ।

दलको बैठक

अध्यक्ष यादव नेपाल आइपुग्नेबित्तिकै जसपा नेपाल संसदीय दलको बैठक बस्दैछ ।

उनले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा सहभागी हुन आफ्नो सचिवालयमार्फत खबर गरिसकेका छन् ।

यादवका स्वकीय सचिव महेश चौरसियाले जसपा नेपाल संसदीय दलको बैठक बसेर मात्रै विस्तृत धारणा सार्वजनिक गरिने जानकारी खबरहबलाई दिएका छन् ।

उता राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रञ्जु ठाकुर, बहालवाला मन्त्री नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन जोडिइसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल