श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो । 

प्रहरीले कँहारलाई आज बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए। उनका अनुसार श्रीमानश्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् । 

भारतको महाराजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग छ महिना अघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ  । 

प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : १६ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित