‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ « Khabarhub

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ अपरेसनका नाममा सार्वजनिक गरेको अडियो प्रकरणका तीनैजना प्रतिवादीलाई तारेखमा छाड्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले  अदालतको अवहेलनासम्बन्धी मुद्दामा सिधाकुराका सञ्चालक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र स्टिङ अपरेसनमा संलग्न भनिएका राजकुमार तिमल्सिनालाई पनि तारेखमा छाड्न आदेश दिएको हो ।

तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्चले आइतबार उनलाई प्रहरीको जिम्मा लगाएर पठाएको थियो । तर सोमबार सर्वोच्चले उनीहरू तीनैजनालाई तारेखमा छाड्दै उक्त प्रकरणमा मुछिएका अन्यलाई उपस्थित हुन आदेश दिएको छ । अदालतले उक्त अडियोमा तिमल्सिनाले  नाम लिएका सबै व्यक्तिलाई झिकाउन भनेको हो ।

सर्वोच्चले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण नेट्ववर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, यो प्रकरणमा जोडिएका वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार विष्टलाई पनि लिखित जवाफसहित झिकाएको छ ।

त्यसैगरी अन्नपूर्ण पोस्टका संवाददाता सुरेन्द्र काफ्ले, तत्कालीन प्रहरी उपरीक्षक सञ्जय थापा र किशोर विष्ट नै नाम भएका अर्का व्यक्तिलाई उक्त प्रकरणबारे एक साताभित्र लिखित भनाइसहित अदालतमा उपस्थित हुन भनिएको छ ।

सर्वोच्चले अख्तियारको स्टिङ अपरेशनलाई फेल गराउन मिडिया मालिकसहितले योजना बनाउँदाको भनिएको त्यो अडियो रेकर्डमा प्रयोग गरिएको डिभाइ पनि झिकाएको छ । त्यस्तै अन्नपूर्णका संवाददाता काफ्लेलाई अख्तियारलाई स्टिङ अपरेसनमा सघाएका भनिने तिमिल्सिनाले पठाएको ईमेल पनि ७ दिनभित्र पेस गर्न सर्वोच्चले भनेको छ ।

तिमल्सिनाले अनलाइन तथा युट्युब च्यानल सञ्चालन गरिरहेको सिधाकुरा डटकमका सम्पादक विवादित टेप उपलब्ध गराएका थिए ।

सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दामा सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयान लिएको थियो ।

सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।

‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजायको माग गरिएको थियो ।

सर्वोच्चले ‘सिधाकुरा डटकम’ले ‘द डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ०३ बजे

नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार