धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै « Khabarhub

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।

बाँधमा जम्मा भएको सिल्ट सफा गर्न परियोजनाले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खोल्न लागेको हो। एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रका आधारमा बाँध खोलिने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रशासनले नदी किनारमा नजानसमेत अनुरोध गरेको छ।

दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले बाँध खोल्नुअघि नेपाली पक्षलाई जानकारी गराउँदै आएको प्रजिअ अर्यालले बताए। यसअघि पनि गत साउन १३ गते परियोजनाको बाँधका ढोका खोलिएको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : ५३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको