डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु « Khabarhub

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका-२ मा आमाछोराले ज्यान गुमाएका छन् ।

डढेलोमा जलेर सिद्धिचरण नगरपालिका-१० बेतिनी निवासी ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

खरबारीबाट आएको डढेलोबाट खरको थुप्रो जोगाउने क्रममा उनीहरू जलेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

घटनालाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दु:ख व्यक्त गरेका छन् । ‘ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडाको खरबारीमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्पीय कञ्चन धमलाको घटनास्थलमै आगलागी भएर मृत्यु भएको खबरले स्तब्ध छु’, उनले भनेका छन्, ‘ओखलढुंगाका विभिन्न ठाउँमा आगलागी भइरहेकाले नियन्त्रणका लागि स्थानीय जनसमुदाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल जुट्दा पनि नियन्त्रणबाहिर गएकोले सजग पनि रहन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ११ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले