५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ « Khabarhub

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए।

पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ। प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

केही दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रमा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : ३१ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको