नेपाललाई जर्मनीले ५१ मिलियन यूरो अनुदान दिने « Khabarhub

नेपाललाई जर्मनीले ५१ मिलियन यूरो अनुदान दिने


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले नेपाललाई ५१ मिलियन यूरो (करिब सात अर्ब ५४ करोड ८० लाख रुपैयाँ) अनुदान दिने भएको छ । स्वास्थ्य लगायत क्षेत्रमा खर्च हुने सो सहायताबारे नेपाल र जर्मनी सरकारका अधिकारीहरूले बर्लिनमा द्विपक्षीय वार्ता गरेका थिए ।

सो वार्तामा जर्मनी सरकारका तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको नेपालको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवम्‌ नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने र आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको छ ।

वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ । जर्मनी सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरण लगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा र जर्मन सरकारको तर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी सङ्घीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेकी हुन्‌ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : ४५ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत