स्थानीयको बिस्कुन सुकाउने खलो बन्दै हुलाकी सडक (फोटो फिचर) | Khabarhub Khabarhub

स्थानीयको बिस्कुन सुकाउने खलो बन्दै हुलाकी सडक (फोटो फिचर)



विराटनगर-  हुलाकी सडक धेरै जसो स्थानमा निर्माणधीन अवस्थामा रहेको छ । लामो समयदेखि निर्माणको चरणमा सडक हुँदा स्थानीय सास्तीसँगै धुलो र हिलोका कारण आजित समेत बनेका छन् ।

तर त्यही सडक कतिपय स्थानमा कालोपत्रे भएको छ । निर्माण सम्पन्न भएका कालोपत्रे चिल्ला सडकमा भने स्थानीयका कारण पैदलयात्रीदेखि सवारी साधानले निर्वाध रुपमा  हिड्न पाएका छैनन्।

हुलाकी सडक अन्तर्गत पर्ने मोरङको रंगेली क्षेत्रमा स्थानीय किसानले सार्वजनिक सडकलाई अन्नबाली स्याहार्ने ठाउँका रूपमा प्रयोग गरिरहेका छन् । विषेश गरी धान मकै भण्डार गर्ने समयमा उनीहरूले हुलाकी सडकलाई बिस्कुन सुकाउने खलोका रुपमा प्रयोग गदै आएका छन् ।

स्थानीयले अटेरी गरी घरमा आँगन प्रशस्तै  भएपनि सार्वजनिक सडकमा अन्नबाली सुकाउने कार्य गदै आएकाले दुर्घटनाको जोखिम बढिरहेको छ ।

विशेष गरी सडकका दुबै किनारमा मकै, धान लगायतका अन्नबाली सुकाउनाले मोटरसाइकल बढी दुर्घटनामा पर्ने खतरा हुने ट्राफिक प्रहरीको भनाइ छ ।

‘चिप्लिने भएकाले सवारीले आफ्नो गति गुमाउन सक्ने भएकाले दुर्घटनाको खतरा पनि उत्तिकै हुन्छ’ ट्राफिकको भनाइ छ ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसार न्यौपानेले नगर क्षेत्रमा पर्ने कालोपत्रे सडकमा बिस्कुन सुकाएर दुर्घटना बढेपछि हटाउने अभियान सुरु गरेको बताए । पालिकाको आँखा छलेर मकै, धान जस्ता अन्नबाली सुकाउने काम नरोकिएको न्यौपानेको भनाइ छ । सडकमा बिस्कुन सुकाउन नहुने जानकारी भएपनि कतिपय स्थानीयले अटेरी गरेका कारण समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ९ : ५३ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी