स्थानीयको बिस्कुन सुकाउने खलो बन्दै हुलाकी सडक (फोटो फिचर) « Khabarhub

स्थानीयको बिस्कुन सुकाउने खलो बन्दै हुलाकी सडक (फोटो फिचर)



विराटनगर-  हुलाकी सडक धेरै जसो स्थानमा निर्माणधीन अवस्थामा रहेको छ । लामो समयदेखि निर्माणको चरणमा सडक हुँदा स्थानीय सास्तीसँगै धुलो र हिलोका कारण आजित समेत बनेका छन् ।

तर त्यही सडक कतिपय स्थानमा कालोपत्रे भएको छ । निर्माण सम्पन्न भएका कालोपत्रे चिल्ला सडकमा भने स्थानीयका कारण पैदलयात्रीदेखि सवारी साधानले निर्वाध रुपमा  हिड्न पाएका छैनन्।

हुलाकी सडक अन्तर्गत पर्ने मोरङको रंगेली क्षेत्रमा स्थानीय किसानले सार्वजनिक सडकलाई अन्नबाली स्याहार्ने ठाउँका रूपमा प्रयोग गरिरहेका छन् । विषेश गरी धान मकै भण्डार गर्ने समयमा उनीहरूले हुलाकी सडकलाई बिस्कुन सुकाउने खलोका रुपमा प्रयोग गदै आएका छन् ।

स्थानीयले अटेरी गरी घरमा आँगन प्रशस्तै  भएपनि सार्वजनिक सडकमा अन्नबाली सुकाउने कार्य गदै आएकाले दुर्घटनाको जोखिम बढिरहेको छ ।

विशेष गरी सडकका दुबै किनारमा मकै, धान लगायतका अन्नबाली सुकाउनाले मोटरसाइकल बढी दुर्घटनामा पर्ने खतरा हुने ट्राफिक प्रहरीको भनाइ छ ।

‘चिप्लिने भएकाले सवारीले आफ्नो गति गुमाउन सक्ने भएकाले दुर्घटनाको खतरा पनि उत्तिकै हुन्छ’ ट्राफिकको भनाइ छ ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसार न्यौपानेले नगर क्षेत्रमा पर्ने कालोपत्रे सडकमा बिस्कुन सुकाएर दुर्घटना बढेपछि हटाउने अभियान सुरु गरेको बताए । पालिकाको आँखा छलेर मकै, धान जस्ता अन्नबाली सुकाउने काम नरोकिएको न्यौपानेको भनाइ छ । सडकमा बिस्कुन सुकाउन नहुने जानकारी भएपनि कतिपय स्थानीयले अटेरी गरेका कारण समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ९ : ५३ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ