ऐठन किन हुन्छ ? | Khabarhub Khabarhub

ऐठन किन हुन्छ ?


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हामी निन्द्रामा रहँदा कुनै-कुनै बेला आफ्नो शरीरमा केही वस्तुले थिचेको जस्तो भान हुन्छ। नेपाली समाजमा ऐठन भनिने यस समस्यालाई चिकित्सा क्षेत्रमा ‘स्लिपिङ प्यारालाइसिस’ भनिन्छ। ‘स्लिपिङ प्यारालाइसिस’ अर्थात् सुतेको समयमा हुने प्यारालाइसिस भनेर चिकित्सकले बुझ्ने गरेका छन्। यो समयमा हामीलाई हरेक कुरा याद रहेता पनि शरीरलाई यताउता चलाउन भने सक्दैनौ। यस्तो समस्याले व्यक्ति राम्ररी वा पूर्ण रुपमा निदाउन नसकेको अवस्थामा देखापर्ने मनोविद् बताउँछन्। यस समयमा व्यक्ति क्षणिक समयको निम्ति बोल्न पनि नसक्ने अवस्थाबाट गुज्रिनुका साथसाथै अधिकांशमा निस्सासिने समस्या पनि देखापर्छ। निन्द्रामा हुने ऐठनलाई कसरी बुझ्ने ? ऐठनलाई पनि मानसिक समस्या मान्ने हो ? यसको उपचार सम्भव छ ? यिनै विषयमा केन्द्रित भएर मनोविद् करुणा कुँवरसँग गरिएको कुराकानी :

निन्द्रामा हुने ऐठनलाई कसरी बुझ्ने ?
विशेष गरेर दैनिक जीवनमा कुनै तनावका कुरा भइरहेका छन्। या केही कुराले जीवनशैलीमा अप्ठेरो पारिरहेको छ र कसैसँग अभिव्यक्त गर्न सकेको छैन भने त्यो कुरा निन्द्रामा पनि हुन्छ। जसलाई हामीले ऐठन भनेर बुझ्दै आएका छौं। ऐठन कुनै भुतप्रेत या देवी देउता लागेर हुन्छ भन्ने हाम्रो समाजमा गलत बुझाइ छ। तर वास्तावमा लामो समयको तनावलाई कसैसँग शेयर नगरी मनमै राखेर बस्ने गर्नाले यो समस्या देखिने हो।

मानसिक समस्या भन्दा पनि यो तनावको विषय हो। तर तनावका विषयलाई हामीले समयमै व्यवस्थापन गर्न सकेनौं भने पछि गएर ठुलो रुप लिनसक्छ।

ऐठनलाई पनि मानसिक समस्या मान्ने हो ?
मानसिक समस्या भन्दा पनि यो तनावको विषय हो। तर तनावका विषयलाई हामीले समयमै व्यवस्थापन गर्न सकेनौं भने पछि गएर ठुलो रुप लिनसक्छ। यो समस्या बालबालिका र किशोर किशोरीमा पनि देखिने गरेको छ। त्यसैले कुनै पनि तनावको सामना गर्ने सिपको विकास हुनु आवश्यक छ।

साना बालबालिकाले निन्द्रामा देखाउने क्रियाकलाप र ठुलो मान्छेमा देखिने ऐठन एउटै हो ?
बलबालिकामा हुने तनाव र उसले देखाउने क्रियाकलाप उमेर अनुसार उसको लागि ठुलो हुन्छ भने वयस्कमा पनि त्यही अनुसारको हुनसक्छ। विषयवस्तु फरक होला तर तनावलाई कसरी सामना गर्ने ? भन्ने उपायमा उसको दखल नहुँदा ऐठन हुने समस्या बढ्न सक्छ। त्यस्तै सुतिसकेपछि निन्द्रा लाग्नु अगाडि एकदमै डर लाग्ने, केही अनौठो स्वरुप देखेको जस्तो अनुभूति हुने हुन्छ। हाम्रो समाजमा भूतप्रेत प्रतिको अन्धविश्वासले गर्दा तनावको व्यवस्थापन पनि समयमा नहुने हुँदा यो समस्या झन् बढ्दै गएको देखिन्छ।

ऐठनको समस्या लिएर उपचारका लागि कत्ति बिरामी आउने गरेका छन् ?
त्यस्तो धेरै हुँदैन। अलिकति अगाडि ८/१० वर्ष अगाडि धेरै मानिसमा त्यस्तो समस्या सुनिन्थ्यो भने अहिले महिनामा एक जना दुई जना ऐठनको समस्या लिएर आउने गरेका छन्।

ऐठनको समस्या बारम्बार दोहोरियो भने पछि गएर अन्य समस्या पनि निम्त्याउने सम्भावना कत्तिको हुन्छ ?
यसले शारीरिक रुपमा भन्दा पनि मानसिक रुपमा धेरै समस्या निम्त्याउँछ। जस्तै बारम्बार ऐठन भइरह्यो भने निन्द्रामा गडबडी आउने, घरपरिवारका मान्छेलाई पनि समस्या हुन्छ, सामाजिक रुपमा असर हुन्छ। कतै आफन्तकोमा जाँदा वा घुम्न जाँदा पनि यस्तो समस्याले अफ्ठेरो महसुस हुने हुन्छ। त्यस्तो अन्य ठुलै समस्या खासै हुने सम्भावना हुँदैन।

 बारम्बार ऐठन भइरह्यो भने निन्द्रामा गडबडी आउने, घरपरिवारका मान्छेलाई पनि समस्या हुन्छ, सामाजिक रुपमा असर हुन्छ। कतै आफन्तकोमा जाँदा वा घुम्न जाँदा पनि यस्तो समस्याले अफ्ठेरो महसुस हुने हुन्छ।

यसको उपचार सम्भव छ त ?
ऐठन विशेष गरेर तनावका कारणले हुने भएकाले तनावको स्रोत पत्ता लगाउने, तनावको सामना गर्ने सिपको विकास गर्ने र त्यसको व्यवस्थापन गर्नु नै यसको उपचार हो । त्यसको लागि हामीले मनोविद्सँग काउन्सिलिङ गर्नुपर्छ। उमेर बढ्दै जाँदा परिपक्वता आउँदाखेरी हुने तनावको सामना गर्ने सिपको विकास नभएको अवस्थामा पनि यस्तो समस्या आउने हुँदा यसबारे सचेतना जगाउने र भुतप्रेतको अन्धविश्वासमा नलागी सही परामर्श दिनु आवश्यक हुन्छ।

ऐठनको समस्या महिला या पुरुष कसलाई बढी हुन्छ ?
मेरो अनुभवका आधारमा भन्नुपर्दा महिलामा बढी भएको पाइएको छ। महिलाप्रति गरिने व्यवहार समाजमा उनीहरुको भूमिका आदि विभिन्न कारणले होला। पुरुषमा पनि नहुने त होइन। तर तुलनात्मक रुपमा भन्नुपर्दा महिलामा बढी नै देखिने गरेको छ।

तनाव दैनिक जीवनमा सबैलाई हुने समस्या हो। समाधानका धेरै उपाय छन्। समयमै पहिचान गरेर त्यसको व्यवस्थापन तिर लाग्नुपर्छ।

ऐठन लगायत मनोसमस्याबाट बच्नका लागि के सुझाव दिनुहुन्छ ?
तनाव दैनिक जीवनमा सबैलाई हुने समस्या हो। यसको समाधानका धेरै उपाय छन्। समयमै तनाव किन भइरहेको छ ? कस्तो तनाव हो ? भनेर पहिचान गर्ने र त्यसको व्यवस्थापन तिर लाग्नुपर्छ। साथै विशेषज्ञको सल्लाह लिनुपर्छ। घरपरिवार र समाजमा सहयोगी भूमिका खेल्ने, आफ्नो कुरा मनमै नराखेर साथीभाइ र आफन्तसँग शेयर गर्ने लगायतका कुरामा ध्यान दियौं भने यस्ता समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : २४ बजे

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

काठमाडौँं– दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा

ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट

पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन

लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या र

विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान

मोरङ– विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक