विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित « Khabarhub

विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो।

पिएनजीले दिएको ७८ रनको लक्ष्य युवान्डाले १८ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।

युवान्डाका लागि ५६ बलको सामना गर्दै एक चौकाको मद्तमा रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। जुमा मियागीले १३ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पिएनजीका लागि अले नाओ र नर्मन भानुआले समान दुईदुई विकेट हात पारे भने असद भालाले एक विकेट लिए।

टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजीले १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

पिएनजीको ब्याटिङ लाइनलाई कमजोर पार्न युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिएका थिए। अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी, फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिएका थिए भने ब्रायन मसाबाले एक विकेट लिएका थिए।

दोस्रो खेलमा युवान्डाले दुई अंक जोड्दा पिएनजी भने अंकबिहीन बनेको छ। पहिलो खेलमा पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भएको थियो। समूह ‘सी’मा अफगानिस्तान, वेस्ट इन्डिज, पिएनजी, युवान्डा र न्युजिल्यान्ड छन्।

 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ३७ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि