विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित « Khabarhub

विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो।

पिएनजीले दिएको ७८ रनको लक्ष्य युवान्डाले १८ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।

युवान्डाका लागि ५६ बलको सामना गर्दै एक चौकाको मद्तमा रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। जुमा मियागीले १३ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पिएनजीका लागि अले नाओ र नर्मन भानुआले समान दुईदुई विकेट हात पारे भने असद भालाले एक विकेट लिए।

टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजीले १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

पिएनजीको ब्याटिङ लाइनलाई कमजोर पार्न युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिएका थिए। अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी, फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिएका थिए भने ब्रायन मसाबाले एक विकेट लिएका थिए।

दोस्रो खेलमा युवान्डाले दुई अंक जोड्दा पिएनजी भने अंकबिहीन बनेको छ। पहिलो खेलमा पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भएको थियो। समूह ‘सी’मा अफगानिस्तान, वेस्ट इन्डिज, पिएनजी, युवान्डा र न्युजिल्यान्ड छन्।

 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ३७ बजे

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौं–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा