श्रीलंकामा एलटीटीईसहित १५ संस्था र २१० व्यक्तिहरुको सम्पत्ति जफत « Khabarhub

श्रीलंकामा एलटीटीईसहित १५ संस्था र २१० व्यक्तिहरुको सम्पत्ति जफत


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा सूचना जारी गरिएको हो । सम्बन्धित कानून बमोजिम नाम र सूचीमा रहेका कुनै पनि व्यक्ति, संस्था वा निकायको स्वामित्वमा रहेको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोत जफत गर्न आदेश जारी गर्नुपर्ने उल्लेख छ ।

१५ संगठनहरूमा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई), नेशनल तौहीद जमात (एनटीजे), जमात मिल्लाथु इब्राहिम लगायत पर्छन्।

एलटीटीर्इले श्रीलंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा तमिलहरूका लागि छुट्टै मातृभूमिका लागि झण्डै तीस वर्षदेखि सैन्य अभियान चलाएको थियो । तर, श्रीलंकाली सेनाले यस संगठनका सर्वोच्च नेता वी प्रभाकरणको हत्या गरेपछि यो संगठन निष्क्रिय बनेको थियो ।

त्यस्तै अप्रिल २०१९ मा इस्टरमा घातक हमला पछाडि एनटिकेको हात थियो । यस हमलामा ११ भारतीयसहित २७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । यस संगठनको आईएसआईएससँग सम्बन्ध रहेको विश्वास गरिन्छ ।

अन्य प्रतिबन्धित समूहहरूमा तमिल पुनर्वास संगठन, तमिल समन्वय समिति, विश्व तमिल आन्दोलन, तमिल इलमको संक्रमणकालीन सरकार र विश्व तमिल राहत कोष छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ५२ बजे

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि