विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात : ओमान ३९ रनले पराजित « Khabarhub

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात : ओमान ३९ रनले पराजित


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले पहिलो खेलमा बिहीबार बिहान ओमानविरुद्ध ३९ रनको जित निकालेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रनमा समेटिएको हो।

टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतक बनाए। वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे। मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६६ रन पूरा गरे।

कप्तान मिचेल मार्शले १४, ट्रेभिस हेडले १२ रन बनाए भने ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

ओमानका मेहरान खानले दुई विकेट हात पार्दा विलाल खान र कलीमुल्लाहले समान एकएक विकेट लिए।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानका लागि अयान खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। मेहरान खानले २७ रनमा बनाउँदा कप्तान अकिब इलियास १८ रनमा आउट भए। शकील अहमदले ११ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन विकेट हात पार्दा मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पाले समान दुईदुई विकेट लिए।

योसँगै समूह ‘बी’मा रहेको अस्ट्रेलियाले विश्वकपमा विजयी सुरुवात गरेको हो। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान भने दोस्रो खेलमासमेत खाता खोल्नबाट चुकेको छ। विश्वकपको समूह ‘बी’मा अस्ट्रेलिया, ओमान, नामिबिया, इङ्ग्ल्याण्ड र स्कटल्यान्ड छन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : १७ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक