सर्वत्र स्वघोषित ‘पानी बुद्धिजीवी’को प्रदूषण | Khabarhub Khabarhub

सर्वत्र स्वघोषित ‘पानी बुद्धिजीवी’को प्रदूषण

दाँत फुक्लेको बाघ बस्ने देशको ७८ औं जिल्ला सिंहदरबार !



एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो। मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडिएर आएर नजिकै बस्दथ्यो। एकदिन त्यो मानिसले मृगको बच्चासँग जिज्ञासा राख्यो- ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’

मृगको बच्चाले जवाफ दियो- ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल। म त केवल यति जान्दछु- तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो। जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन। तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो।

यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आफूलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो। बीपी, पुष्पलाल, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा झै सुन्दा हुन्। अनि विरक्तिएर आर्तनाद गर्दा हुन्। आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो।

देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन्। हुन पनि उनीहरुले शासन गरेको त्यो युगमा राज्यका धर्म धर्मराएका थिएनन्। नेपाल र नेपालीको इज्जत थियो। देशका प्रमुख चार शहीद जन्माउने पुरानो दल प्रजापरिषद्को प्रमुख नेता नै राजा त्रिभुवन थिए। एकथरि राष्ट्रियताको डोरी राजा त्रिभुवनको पालादेखि कमजोर भएको विश्लेषण गर्नेहरु पनि छन्। यद्यपि कमजोरी जहिल्यै थियो नै, तर देशविरुद्ध खुलेआम डकैती थिएन।

यो देशमा कसैले संघीय गणतन्त्र शासन व्यवस्था सतप्रतिशत कार्यान्वयनमा छ भन्यो भने त्यो भन्दा पटमूर्ख बुझाई केही हुन्न। राज्यका संयन्त्र प्रयोग गरेर व्यक्तिका इच्छा पूरा गर्ने नयाँ राजनीतिक प्रणाली अहिले राज्यव्यवस्थाको धुरी बनेको छ।

यो देशमा कसैले संघीय गणतन्त्र शासन व्यवस्था सतप्रतिशत कार्यान्वयनमा छ भन्यो भने त्यो भन्दा पटमूर्ख बुझाई केही हुन्न। राज्यका संयन्त्र प्रयोग गरेर व्यक्तिका इच्छा पूरा गर्ने नयाँ राजनीतिक प्रणाली अहिले राज्यव्यवस्थाको धुरी बनेको छ। यो देशमा काठमाडौंमा घरजग्गा, गाडी, सन्तान राम्रा स्कुलमा पढाउने सपना जुत्ता सिलाउनेदेखि सिंहदरबार चलाउनेसम्मलाई छ। सम्पत्ति व्यक्तिको हुन्न भन्ने जिन्दगीभर कागज घोकेका कम्युनिस्ट नेता कार्यकर्ताको मर्मअनुसार उनीहरुको अभिष्ट पूरा गर्ने अभियानमा छन्। जब जग्गा र गाडी नेपालीको नाभीसँग जोडिएर आउँछ भने जनताको विषयमा किन नानाभाँतीका जाल बुनिन्छ ? भारतीय बजारमा सात लाखमा पाइने गाडी यहाँ ४० लाख किन तिर्नुपर्छ ? घरजग्गा खरिद अपराधको जननी किन बन्छ ? घोषणापत्र त गाईको पुच्छर हो, जसलाई छेउ समाएर मम भने पुग्छ।

कार्यकर्ता या मतदाताले प्रश्न गरेका दिन गफ बुन्न जानेकै छ। नेपाल धर्म बेचेर खानेहरुको देश हो। धर्म मानिसले धारण गर्ने अचुक तत्त्व हो। शेरबहादुर देउवा र रामचन्द्र पौडेल तातोपानीमा डुबुल्की मार्दा देउवाको जनै नभएको दृश्यले चर्चा पायो। आखिर किन ? माधव नेपालले आमाको किरिया नबसेकोमा बहस जन्मियो। प्रचण्डले छाला जुत्ता लगाएर बाउलाई मुखाग्नि दिएकोमा मानिसले आपत्ति जनाए। नेता पनि समाजका अंश हुन्।

मक्का मदिना जाने मुसलमान, टुँडिखेलमा भेला हुने तामाङ, चौधरी, मगरका पर्वमा नाटक गर्ने नेताहरु शिवरात्रीमा पशुपति जान किन सक्दैनन् ? कार्यकर्ताको धर्म संस्कृति परम्परा हुन्छ भने नेताको हुँदैन ? दोहोरो र पाखण्डी जीवन बाँच्नु हुँदैन। रक्सी खाने भए सीसाको गिलासमा खाने हिम्मत गर्नुपर्छ। स्टीलको गिलासमा जाँड धोकेर आदर्शका राजनीति गर्ने युग उहिल्यै समाप्त भए।

अब कोही कसैले काँग्रेस र कम्युनिस्टको अलग अन्तरा घोकेर कसैले अलग अस्तित्वको बाजा नबजाए हुन्छ। हरेक प्रधानमन्त्रीको गर्जन ‘म नै राज्य हुँ’ बाट प्रारम्भ हुन्छ।

यहाँ अब कोही कसैले काँग्रेस र कम्युनिस्टको अलग अन्तरा घोकेर कसैले अलग अस्तित्वको बाजा नबजाए हुन्छ। हरेक प्रधानमन्त्रीको गर्जन ‘म नै राज्य हुँ’ बाट प्रारम्भ हुन्छ। यस्ता दुईपैसे घमण्ड नपाले हुन्छ। यो देशमा कोही रिसाएर खाँबो चिथोरे पनि जनताको एउटा रौं हल्लदैन्। सरकारी निर्णयले चुलोको अर्थशास्त्रलाई केही फरक पार्दैन्। अमेरिका र नेपालको अन्तर भनेकै यही हो। सत्ता त मूलतः नेताको रुप फेर्ने मीठो सुप मात्र हो।

फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरु निष्कृय छन्। नूनको सोझो चिताउनभन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सबैलाई उत्ताउलो बनाउँदै लगेको छ। नमागेको सल्लाह दिनेहरु गौंडा गौंडामा भेटिन्छन्। नजानेको विषयमा धाराप्रवाह प्रवचन दिने ‘पानी विश्लेषक’ले समाजको मनोविज्ञानमै धावा बोलेका छन्। सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको वौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमान सिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन्। मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सबै कुराको ज्ञान छ।

नमागेको सल्लाह दिनेहरु गौंडा गौंडामा भेटिन्छन्। नजानेको विषयमा धाराप्रवाह प्रवचन दिने ‘पानी विश्लेषक’ले समाजको मनोविज्ञानमै धावा बोलेका छन्।

नेपालमा प्रकट हुने राष्ट्रियताको चकमके झिल्कोले केही समयमै अमेरिकाले उत्पादन गरेका युरेनियम भट्टी क्षणभरमै खरानी बनाइदिने छ। विवेकको बट्टामा बिर्को लगाएर दास मानसिकता असरल्ल छरिएका छन्। शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघ झै अर्ती र बुद्धिका भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ।

आफ्नो समयमा परिवर्तनका नाममा वास्तुशास्त्रीले दिएको सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरुले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो। वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आआफ्नै विश्लेषण होलान तर यसले यो देशमा जनता नाममा दलका झोले मात्र बाँचेको प्रमाणित गर्छ। यहाँ मानिस मर्दैनन्, पार्टीका कार्यकर्ता मर्छन्।

राजनीतिक परिवर्तनपछि बढेको भनेको बुद्धिबिलास मात्र हो। पानी बुद्धिजीवीको विश्लेषणले हैरानी थपेको छ। कुनै दलले बहुमत ल्याए के हुन्छ ? नल्याए के हुन्छ ? के सृष्टिको नियम बद्लिन्छ ? बरु जनादेश पाएका दलको तुलनामा प्रतिपक्षले फलमासु रोजीरोजी खाने यो प्रणालीका विषयमा कस्ले प्रश्न उठाउँछ ?

बरु भोलि उसैलाई ह्याकुलो टक्र्याउन सबै तयार देखिन्छन्। पैसाले अघाएका कुन पार्टीका कुन नेता छन् ? ४० प्रतिशत पद जो कसैले लिलाम बढाबढमा राख्छन्। शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओहरु समाज गठन गरेर राजनीति गर्छन्। उनीहरुलाई आफ्नो नभई ओली, प्रचण्ड, देउवा हेडक्वार्टरको चिन्ता हुन्छ।

न्यायाधीश संघ बनाएर पानी आफैं प्यासले तड्पिएको छनक दिन्छन्। न्यायालयमा पन्पिएको राजनीतिक बीउ झाँगिएर अब अलि वर्षपछि कम्युनिस्ट, काँग्रेस र राजावादीका छुट्टाछुट्टै बेन्च हुनेछन। एउटाले गरेको फैसला अर्कोलाई चित्त बुझ्ने छैन्। त्यसपछि पूर्ण इजलासको माग हुनेछ। त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ। त्यसबेला स्वतन्त्र न्यायालयको विरुप दृश्य कस्तो देखिएला, सम्झदा पनि काँडा उम्रन्छ।

सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सबै दाँत फुक्लेको बाघ भएर फर्किएका छन्।

अब राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिएका छन्। देशको मेरुदण्ड र नेपालीलाई जोड्ने सेतूका रुपमा यत्र, तत्र, सर्वत्र व्यापारिक विज्ञापन प्रकट हुन थालेपछि हात्ती र हात्तीछाप चप्पलको अन्तर खुटिन छाडेको छ। नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो। मूढ बुद्धि भएकाहरु पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए।

सिक्नु नपर्ने, सल्लाह लिनुनपर्ने तर आफूले बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरु हौसिंदै गए। प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेको भीडले ठूला मानिसहरु छोपिँदै गए। राम्रो लाउने र मिठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो। जमिनविनाको त्यो अभिनय पदबाट खुस्केका भोलिबाट सियोले घोचिएपछिको बेलुनको हावामा अनुवाद भयो। सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सबै दाँत फुक्लेको बाघ भएर फर्किएका छन्।

पुलिस र सेनामा क्रान्तिकारी संघ खुल्नुबाहेक त्यहाँ भित्रका रमिता झन्झन् छताछुल्ल भएका छन्। फौजीका हेडसर घर फर्कदा विनोद चौधरीजस्ता अर्बपति भएर निस्कन्छन्। सरुवा बढुवा हुन ब्रिफकेस हटकेक बनेका सन्दर्भ भलीभाँती बाहिर आएकै हुन। देशका हरेक निर्णय दारी र सारीका प्रभावमा पर्ने क्रम तीब्र छ। रामनाम जप्नेहरु हराउँदै छन्। बरु रिटायर्डहरु नेभर टायर्ड भन्दै राज्यकै सुविधामा रमाउन कस्सिदैछन्। रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेको भीड पनि उत्तिकै हेर्नलायक देखिन्छ।

गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए। तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए। प्रत्येक मानिस बुद्ध हो। मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध।

त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ। गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए। तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए। प्रत्येक मानिस बुद्ध हो। मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध। हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ। पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल आफैं युद्ध गर्दैनन्, जो युद्ध गर्छन तिनीहरुले त्यसको रस लिएकै हुँदैनन्। गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ०५ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ