‘गाउँ आएको बाटो’ : झाँकीसहित रेड कार्पेट प्रिमियर (तस्बिरहरू) | Khabarhub Khabarhub

‘गाउँ आएको बाटो’ : झाँकीसहित रेड कार्पेट प्रिमियर (तस्बिरहरू)



काठमाडौं- दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएको फिल्म ‘गाउँ आएको बाटो’को बुधबार काठमाडौंमा रेड कार्पेटसहितको प्रिमियर गरिएको छ ।

कमलपोखरीस्थित एक हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, सिनेकर्मी र किरात राई समुदायका प्रतिनिधि तथा सर्वसाधारणसमेत उपस्थित थिए ।

त्यसक्रममा उक्त हलमा किरात राई समुदायको साकेला नाच पनि प्रस्तुत गरिएको थियो ।

यो फिल्म किरात राई समुदायको तल्लो वर्गको एक परिवारमा आधारित कथा हो । त्यहीकारण किराती संस्कृति झल्किने झाँकी र नाचसहित फिल्मको प्रिमियर गरिएको हो ।

मुख्य कलाकारहरू दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन्न राईले प्रिमियरमा उपस्थित भएकाहरूसँगै बसेर फिल्म हेरेका थिए ।

चलचित्र निर्देशक दिनेश डीसी, निश्चल बस्नेत, नायिक स्वस्तिमा खड्का, आँचल शर्मा, सुरक्षा पन्त, मिरूना मगर लगायतका सेलिब्रिटीले उक्त फिल्म हेरे ।

                   

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : ३१ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला