‘गाउँ आएको बाटो’ : झाँकीसहित रेड कार्पेट प्रिमियर (तस्बिरहरू) « Khabarhub

‘गाउँ आएको बाटो’ : झाँकीसहित रेड कार्पेट प्रिमियर (तस्बिरहरू)



काठमाडौं- दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएको फिल्म ‘गाउँ आएको बाटो’को बुधबार काठमाडौंमा रेड कार्पेटसहितको प्रिमियर गरिएको छ ।

कमलपोखरीस्थित एक हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, सिनेकर्मी र किरात राई समुदायका प्रतिनिधि तथा सर्वसाधारणसमेत उपस्थित थिए ।

त्यसक्रममा उक्त हलमा किरात राई समुदायको साकेला नाच पनि प्रस्तुत गरिएको थियो ।

यो फिल्म किरात राई समुदायको तल्लो वर्गको एक परिवारमा आधारित कथा हो । त्यहीकारण किराती संस्कृति झल्किने झाँकी र नाचसहित फिल्मको प्रिमियर गरिएको हो ।

मुख्य कलाकारहरू दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन्न राईले प्रिमियरमा उपस्थित भएकाहरूसँगै बसेर फिल्म हेरेका थिए ।

चलचित्र निर्देशक दिनेश डीसी, निश्चल बस्नेत, नायिक स्वस्तिमा खड्का, आँचल शर्मा, सुरक्षा पन्त, मिरूना मगर लगायतका सेलिब्रिटीले उक्त फिल्म हेरे ।

                   

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : ३१ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न