सडक पुगेपछि लेकमा भेडीगोठ बनाइँदै | Khabarhub Khabarhub

सडक पुगेपछि लेकमा भेडीगोठ बनाइँदै


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् । 

जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा बस्ने समय चोयाका बलाङ, मान्द्रो र त्रिपालले छाएका गोठमा बस्थे । कतिले काठैकाठको गोठ बनाएर बर्खा गुजार्थे । 

तर अहिले सहरबजार र गाउँ क्षेत्रमा घर गोठ छाउनका लागि प्रयोग गरिने जस्तापाताले नै रिगमा गोठ बन्न थालेका छन् । वन जङ्गलममा पाइने काठ र चोयाबाट गोठ बनाएर बस्ने गोठाला आजभोलि जस्ताले छाएका गोठमा बस्छन् । 

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरि चाहिने खाद्यान्न पनि यहीँ भण्डार गर्न थालेका छन् । पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन् । 

यो सबै सुविधा सडकले दिलाएको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पातीहाल्ने सिमानादेखि दुई समय मिटरमाथि गोठालाले गोठ बनाएका छन् । केही त  सडक छेउमै समेत व्यवस्थित गोठ बनाएका छन् । 

सडकको सहज पहुँचको कारण गाडीमै सहज रुपमा जस्तापात लेकमा लैजान सक्ने भएपछि उनीहरुले रिग क्षेत्रमा जस्तापाताको गोठ बनाउन थालेका हुन् । पहिले सानो झुपडी देखिने स्थानमा अहिले ठूलाठूला गोठ देख्न सकिन्छ । बर्खामा बनाउने र हिउँमा भत्काएर काठ, दाउरा बोकेर गाउँ झर्ने गोठालाले अहिले स्थायी रुपमै गोठ बनाउन थालेका हुन् । यि गोठ हिउँदको समय भने खाली हुन्छन् । 

यति बेला बागलुङ, रुकुम र रोल्पा तीन वटै जिल्लाका गोठाला लेक चढ्ने याम भएको हुँदा रिग क्षेत्रमा वस्तुभाउको भीड देखिन्छ । रिग भन्दामाथि चार हजार दुई सय मिटरको उचाईसम्म भेडा लिएर गोठाला जाने गर्छन् । एकदशक अगाडिसम्म लेकमा त्रिपालसमेत नपाइने हुँदा चोयाका चित्रा तथा बलाङले गोठ छाएर बसेको निसीखोला गाउँपालिका–६ भल्कोटका लालसिंह घर्ती मगरले बताए।

सडकले गर्दा पछिल्लो समय गाउँ घरसम्म त्रिपाल, जस्तापाता र अन्य सामग्री सहज रुपमा पाइन थालेपछि गोठालाले लेकमै स्थायी गोठ बनाउन थालेको उनको भनाइ छ । उतिबेला सामान्य पानी तार्ने र हावा छेक्ने मात्रै गोठ हुने गरेको भन्दै लेकमा बस्दा निकै दुःख हुने गरेको अनुभव घर्ती मगरले सुनाए ।अचेल गोठालको दैनिकी पनि सहज बन्दै गएको उनी बताउँछन् । एक दशक अगाडि दाउरा बालेर उज्यालो गराउने गरेको स्मरण गर्दै अहिले सोलार बत्ती प्रयोग गर्ने उनको भनाइ छ । 

रोल्पाको तेलबाङका सन्तोष घर्ती मगरले केही वर्षयता धेरै गोठालाले लेकमा स्थायी गोठ बनाउन थालेको बताए । पाँच वर्ष अगाडिसम्म रिग क्षेत्रमा कुनै पनि गोठालाको स्थायी गोठ नभएको भन्दै अहिले झण्डै एक दर्जन जति गोठ बनेको उनको भनाइ छ ।

 पशुचौपाया लिएर टाढा–टाढासम्म जानुपर्ने भएको हुँदा धेरै गोठालाको स्थायी गोठ नभएको घर्ती मगर बताउँछन् । आफूसहित रोल्पाबाट आठ जना गोठालाको समूह जेठ पहिलो सातानै रिग आएको सुनाउँदै अब असोजमा मात्रै गाउँ फर्किने उनको भनाइ छ । आफ्नो सात सय भेडाबाख्रा रहेको घर्ती मगरले सुनाए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ०८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः