प्रतिनिधिसभा बैठक : अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन « Khabarhub

प्रतिनिधिसभा बैठक : अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो । त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।

सांसदहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए । सम्झौमा हस्ताक्षर गर्ने क्रममा प्रयाप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए ।

मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे । ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुख्खा याममा आवश्यक पर्ने विद्युत पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविद्युत नै रहेको बताए 

त्यस्तै उनले सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ५९ बजे

केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा