झिनो अंकले घट्यो शेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार « Khabarhub

झिनो अंकले घट्यो शेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) झिनो अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ । 

बजार झिनो अंकले घटेको भएपनि कारोबार भने ४ अर्ब बढीको भएको छ । आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको छ । 

बिहीबार ३२२ कम्पनीको शेयर कारोबार हुँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बिहीबार सेन्सेटिभ इन्डेक्स १.२७ अंकले, फ्लोट इन्डेक्स ०.३५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ । 

१३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ८ समूहको शेयर मूल्य घटेको छ । आज फाईन्स समूहकोको सबैभन्दा बढी मूल्य घटेको छ भने ट्रेडिङ समूहको सबैभन्दा बढी बढेको छ । फाइन्सको ४५.८७ अंकले घटेको छ भने ट्रेडिङको ५८.३५ अंकले बढेको छ । 

आज इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ३ : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने