मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने  « Khabarhub

मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने 


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार छिमेकी मुलुक भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ ।

‘यता तयारी चलिरहेको छ । प्रधानमन्त्रीज्यू भारत जाने कुरा आएको छ,’ कर्मचारी स्रोतले खबरहबसँग भने, ‘भ्रमणको औपचारिक निर्णय त आज (बिहीबार) बस्ने मनित्रपरिषद् बैठकले गर्ला ।’

शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।

मोदीले श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका छन् ।

उनले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् । 

मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए । त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ४ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको