बजेट तुलनात्मक रुपमा सन्तुलित : महासचिव पोखरेल « Khabarhub

बजेट तुलनात्मक रुपमा सन्तुलित : महासचिव पोखरेल


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित भएको बताएका छन् । 

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उनले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताए। 

महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राखे।

 ‘आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौँ भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्छ । हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौँ’, उनले भने । 

उनले बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गरे।  मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको बताए । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेले बजेटमा भएका राम्रा कुराको स्वामित्व लिने तर कमजोर कुरा आगामी दिनमा सच्याउन  सरकारलाई दबाब दिनुपर्ने बताए। 

उनले बजेटमाथि टिप्पणी गर्दै स्रोत नपुगेको बताए। 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : २० बजे

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौं– आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी, उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको