आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता | Khabarhub Khabarhub

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेकी छन् । 

बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा भएको प्रगति समीक्षा विषयमा छलफल भएको थियो । 

नेपालले आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा दिगो विकास लक्ष्य सम्बन्धमा तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन प्रस्तुत गर्नेछ । 

यसअघि नेपालले सन् २०१७ मा पहिलो पटक र सन् २०२० मा दोस्रो पटक भिएनआर प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी तेस्रो प्रतिवेदनले दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यअवधीसम्मको प्रगति समीक्षा गर्नुका साथै बाँकी अवधीका लागि प्राथमिकताका क्षेत्र पहिचान एवम् अवलम्बन गरिने रूपान्तरणकारी रणनीति र कार्यक्रमहरू तय गर्नेछ । 

छलफलको क्रममा संयुक्त राष्ट्र सङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गरे ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : २९ बजे

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई