वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड | Khabarhub Khabarhub

वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिकाले सोमबारदेखि शुरु भएको अपाङ्गता स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । आठ वडामा बिहीबारसम्म चलेको शिविरमा दुई सय जना क, ख, ग र घ गरी चार वर्गका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था हेरेर वर्ग संशोधन तथा नयाँ कार्ड वितरण गरिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार पूर्ण अपाङ्गता भएर यस अघि क वर्गको भत्ता बुझ्दै आएका करिब ४० जना व्यक्तिको अपाङ्गता अवस्था जाँच गर्दा सुधार आएको देखिएकाले उनीहरूलाई वर्ग संशोधन गरेर डाक्टरको सिफारिस अनुसार ख,ग र घ मा संशोधन गरिएको छ ।

त्यस्तै पुर्णरूपमा अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने तथा सहयोगीको भरमा बचिरहेका व्यक्तिहरूलाई पूर्ण अपाङ्ग कायम गरेर क वर्गको रातो कार्ड वितरण गरिएको छ ।

गाउँपालिकाले अपाङ्गता भत्ताको दुरुपयोग भएको गुनासो बढेपछि शिविर आयोजना गरेर अपाङ्गता जाँच तथा पहिचान गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी ख वर्गका अपाङ्गता रहेको पाइएको छ।

अन्तिम दिन वडा नम्बर ४ र ५ मा ६२ जनाको अवस्था पहिचान गरिएको थियो भने, पहिलो दिन वडा नम्बर १ र ८ मा ३४ जना,दोस्रो दिन वडा नम्बर २ र ७ मा ४४ जना तेस्रो दिन वडा नम्बर-३ र ६ मा ५१ जनाको अपाङ्गता परीक्षण गरिएको थियो।अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान वैतेश्वर अस्पतालका डाक्टर निरामिका पाठक र शिवनाथ यादवले गरेका थिए ।

शिविरमा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, वडा अध्यक्ष लगायत पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र वडाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शिविरमा सहभागी बन्न छुटेका व्यक्तिहरूलाई गाउँपालिका बाटै कार्ड वितरण गरिने छ।

– सुबास बस्नेत

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : ३५ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर