वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड « Khabarhub

वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिकाले सोमबारदेखि शुरु भएको अपाङ्गता स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । आठ वडामा बिहीबारसम्म चलेको शिविरमा दुई सय जना क, ख, ग र घ गरी चार वर्गका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था हेरेर वर्ग संशोधन तथा नयाँ कार्ड वितरण गरिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार पूर्ण अपाङ्गता भएर यस अघि क वर्गको भत्ता बुझ्दै आएका करिब ४० जना व्यक्तिको अपाङ्गता अवस्था जाँच गर्दा सुधार आएको देखिएकाले उनीहरूलाई वर्ग संशोधन गरेर डाक्टरको सिफारिस अनुसार ख,ग र घ मा संशोधन गरिएको छ ।

त्यस्तै पुर्णरूपमा अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने तथा सहयोगीको भरमा बचिरहेका व्यक्तिहरूलाई पूर्ण अपाङ्ग कायम गरेर क वर्गको रातो कार्ड वितरण गरिएको छ ।

गाउँपालिकाले अपाङ्गता भत्ताको दुरुपयोग भएको गुनासो बढेपछि शिविर आयोजना गरेर अपाङ्गता जाँच तथा पहिचान गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी ख वर्गका अपाङ्गता रहेको पाइएको छ।

अन्तिम दिन वडा नम्बर ४ र ५ मा ६२ जनाको अवस्था पहिचान गरिएको थियो भने, पहिलो दिन वडा नम्बर १ र ८ मा ३४ जना,दोस्रो दिन वडा नम्बर २ र ७ मा ४४ जना तेस्रो दिन वडा नम्बर-३ र ६ मा ५१ जनाको अपाङ्गता परीक्षण गरिएको थियो।अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान वैतेश्वर अस्पतालका डाक्टर निरामिका पाठक र शिवनाथ यादवले गरेका थिए ।

शिविरमा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, वडा अध्यक्ष लगायत पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र वडाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शिविरमा सहभागी बन्न छुटेका व्यक्तिहरूलाई गाउँपालिका बाटै कार्ड वितरण गरिने छ।

– सुबास बस्नेत

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : ३५ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर