भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड « Khabarhub

भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभामा विजयी बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड हानिएको छ ।

केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) एकजना महिला जवानले उनलाई बिहीबार विमानस्थलमै थप्पड हानेकी हुन् । यस मामिलालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् ।

सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेकी हुन् । कंगनाको यही भनाइलाई लिएर आक्रोशित ती महिला जवान कुलविन्दर कौरले थप्पड हानेकी हुन् । कुलविन्दरलाई अहिले हिरासतमा लिइएको छ ।

यो घटना बिहीबा दिउँसो ३ बजेर ३० मिनेटमा भएको हो । कंगना चन्डीगढबाट दिल्ली जान तयार थिइन् । सुरक्षा जाँचका क्रममा सीआईएसएफकी महिला जवान कुलविन्दर कौरले त्यही क्रममा थप्पड हानिन् ।

त्यसपछि कंगनासँगै रहेका मयङ्क मधुरले कुलविन्दर कौरलाई थप्पड हान्ने कोसि गरे । यस घटनालाई लिएर कंगनाको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ । थप्पड खाएपछि कंगना दिल्ली गइसकेकी छन् ।

कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका लागि परिचित छिन् । बलिउडमा नेपोटिज्मको मुद्दालाई लिएर उनले कयौँ पटक बोलिसकेकी छन् ।

एक घटनामा उनीविरुद्ध बलिउडका दिग्गज हस्ती जावेद अख्तरले मानहानीको मुद्दा पनि दर्ता गरेका थिए ।

कंगनाले हालै भएको लोकसभा निर्वाचनमा ५ लाख ३७ हजार २२ भोटसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : ४८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग