भारत र अमेरिकासहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो « Khabarhub

भारत र अमेरिकासहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै गठबन्धनको शीर्ष तहमा नेपाली कांग्रेसको कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सहमति बनाएका थिए ।

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसहितलाई फिर्ता बोलाएको हो ।

त्यसैगरी फिर्ताको सूचीमा स्पेन, पोर्चुगल र डेनमार्कका राजदूत पनि परेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : ०२ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म