देवदह खयरडाँडामा भेटियो प्राचीन इनार « Khabarhub

देवदह खयरडाँडामा भेटियो प्राचीन इनार


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मर्चवार – गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो ।
“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भने ।

उनका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।

स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ । गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्णय गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनको भनाइ छ ।

रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।

पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताए । उनले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताए ।

देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको रु १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिएका थिए । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १० : ३० बजे

न्यायाधीश जलाउन उक्साउने शर्मालाई कांग्रेसमा छुट !

काठमाडौं – केही दिन अगाडि नेपाली कांग्रेसका नेता डा. सुनिल

विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन

काठमाडौं– विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ

१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित

नयाँदिल्ली- इन्डियन प्रिमियर (आईपीएल) २०२६ को लिलामीले आगामी सिजनमा कुन

भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो

काराकास– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले काराकास स्थित आफ्नो कार्यालय

चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’

काठमाडौं– चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस