युएईले थप्यो अर्को गोल, नेपाल ३–० ले पछाडि « Khabarhub

युएईले थप्यो अर्को गोल, नेपाल ३–० ले पछाडि


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपाल ३–० ले पछाडि परेको छ ।

पहिलो हाफमा २–० को अग्रता बनाएको युएईले दोस्रो हाफको ५४ औं मिनेटमा अर्को गोल थप गरेको हो । युएईका लागि ५४ औं मिनेटमा अली सालेहले गोल गरेका हुन् ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा जारी खेलमा यसअघि युएईको तर्फबाट हरिब अब्दल्लाले दुई गोल गरेका थिए । उनले खेलको १२ औं र १४ औं मिनेटमा गोल गरेका हुन् ।

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।

 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ०३ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,