टी–२० विश्वकप : पाकिस्तानद्वारा अमेरिकालाई १६० रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : पाकिस्तानद्वारा अमेरिकालाई १६० रनको लक्ष्य


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १५९ रन बनाएको हो ।

उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । ४३ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै सादाब खानले ४०, ईफ्तीखार अहमदले १८ रन बनाए । ओपनर मोहमद रिजवान नौ रनमा आउट भए ।

उस्मान खानले तीन रन बनाउँदा फकर जमान ११ रन बनाएर पेभेलियन फर्किए । साहिन अफ्रिदीले २३ रनको योगदान दिए ।

अमेरिकाका लागि नोस्थुज केन्जीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए । त्यस्तै सौरभ नेत्रावलकरले दुई तथा अलि खान र जस्दीप सिंहले एकएक विकेट लिए ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ०९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै