जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा « Khabarhub

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

निर्धारित समयमा १/१ गाेलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको अन्त्यतिर स्पेनका ड्यानी कार्भाहालले दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसअघि खेलको ५१ औं मिनेटमा स्पेनका लागि दानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता स्पेनले जोगाउन सकेन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले खेलको ८९ औं मिनेटमा गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याएका थिए ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । यता राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गरेको जर्मनीको यात्रा क्वाटरफाइनलमै सिमित बनेको छ ।

यस युरोकपका स्पेन प्रमुख उपाधि दाबेदार टोली हो । स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ ।स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : २६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण