थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु « Khabarhub

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको छ । थाई सेनासँग ‘मैत्री’ संयुक्त सैन्य अभ्यास गर्नका लागि भारतीय सेनाको टुकटी थाइल्याण्डतर्फ गएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

जुलाई १ देखि थाइल्याण्डको टाक प्रान्तस्थित वाचिराप्रकान क्षेत्रमा दुई मुलुकका सेनाले अभ्यास गरिरहेको जनाइएको छ । यो अभ्यास १५ जुलाईसम्म सञ्चालन हुनेछ ।

भारतीय रक्षा मन्त्रालयले जनाएअनुसार यस अभ्यासमा भारतीय सेनाका ७६ सैनिक सहभागी छन् । अभ्यासमा थाइल्याण्डका पनि ७६ सैनिक सहभागी रहेको जनाइएको छ ।

दुई मुलुकबीच रक्षा सम्बन्ध सुदृढ गर्न मैत्री सैन्य अभ्यासले मद्दत गर्ने अपेक्षा गरिएको छ । यस अभ्यासमा प्रतिविद्रोह र प्रतिआतंकवादबारे सैनिकलाई प्रशिक्षण दिइने एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ५२ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति