पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध : झरीले पहिरो पन्छाउन समस्या « Khabarhub

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध : झरीले पहिरो पन्छाउन समस्या


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अविरल वर्षाले पहिरो खस्दा  म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् ।  

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् । 

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारीबैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारिसाधन आवतजावत बन्द भएको हो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताए । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ । 

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ । 

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

 बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । 

पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १ : १२ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति