मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ विपक्षमा ३४ | Khabarhub Khabarhub

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ विपक्षमा ३४


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।

मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा  एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरिँदै

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : ५५ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’