रास्वपाले बोलायो संसदीय दलको बैठक « Khabarhub

रास्वपाले बोलायो संसदीय दलको बैठक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान साढे नौ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने पार्टी प्रमुख सचेतक सन्तोष परियारले बताए ।

 यतिबेला रास्वपा पनि प्रचण्ड नेतृत्व सरकारका सहभागी छ । पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धन भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

२८ असारमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

 यसअघि एमालेले समर्थन फिर्ता लिएपछि रास्वपाका मन्त्रीहरू राजीनामापत्र बोकेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १७ बजे

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि