ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : कांग्रेस | Khabarhub Khabarhub

ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : कांग्रेस


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । 

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो ।

बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए ।

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशील गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर संविधानको आवश्यक संशोधन गर्ने सवालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास