भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु « Khabarhub

भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु भएको छ । भारतको मेघालय राज्यस्थित उमरोईमा जुलाई ३ देखि ‘नोमाडिक एलिफेन्ट’ नामक सैन्य अभ्यास सञ्चालनमा आएको हो ।

यो अभ्यास १६ जुलाईसम्म जारी रहने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । दुई मुलुकबीच रक्षा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यअनुसार ‘नोमाडिक एलिफेन्ट’ संयुक्त सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । 

एएनआईका अनुसार दुई मुलुकबीच सञ्चालित यो १६ औँ संस्करणको ‘नोमाडिक एलिफेन्ट’ संयुक्त सैन्य अभ्यास हो । गत वर्ष १५ औँ संस्करणको अभ्यास मंगोलियाको उलानबटारमा सञ्चालन गरिएको थियो ।

पछिल्लो अभ्यासका क्रममा दुबै मुलुकका सैनिकलाई सहरी–पहाडी युद्धकलाबारे प्रशिक्षण दिइने भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी