माधव नेपाल भन्छन्- नेपाली राजनीति हाम्रो पार्टी अहं र निर्णायक « Khabarhub

माधव नेपाल भन्छन्- नेपाली राजनीति हाम्रो पार्टी अहं र निर्णायक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहं र निर्णायक रहेको बताएका छन्।

प्रवासी नेपाली  एकता मञ्च अन्तराष्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  नेपाली राजनीतिमा जुन सुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको बताएका हुन् ।

सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका भष्मासुर केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई  समाप्त पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउन नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गर्दै नेकपा (एकीकृत समाजवादी)ले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गरेको बताए।

अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलिया को अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी गठन गरेको छ । 

अधिवेशनले कमिटीको बरिष्ठ  नेतामा भीम कार्की अमेरिका उपाध्यक्षमा  शंकर पन्त अमेरिका सचिवमा नरेश श्रेष्ठ कतार उपसचिवमा पदम गिरी कतारलाई चयन गरेको छ । 

कमिटीमा २२ देशमा रहेका राष्ट्रियका अध्यक्षहरु पदेन सदस्यको रुपमा रहेको पार्टी  प्रवास इन्चार्ज श्रीप्रसाद साहले बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको