मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै ! | Khabarhub Khabarhub

मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै !


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै नेपाली कांग्रेसलोसपालाई सरकारमा सहभागी गराउन लागेका छन् ।

कांग्रेसलोसपाले माग गरे बमोजिम मन्त्रालयको भागबन्डा नमिल्दा सरकारमा सहभागी हुन ढिलाई भएको बताईएको छ । नेपाली कांग्रेसले ४ मन्त्रालयको माग गरेको छ भने लोसपाले २ वटा मन्त्रालयको माग अगाडि सारेको छ।

 यद्यपि मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई चार र लोसपालाई एक मन्त्रालय दिने मुडमा छन् । 

मुख्यमन्त्री सिंहले आजै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  ,नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ जना मन्त्रीलाई बर्खास्त गरि ६ वटा मन्त्रालय आफूसँग राखेका छन् । मुख्यमन्त्री सिंहले ६ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय कांग्रेसलाई र एउटा मन्त्रालय लोसपालाई दिई  बाँकी रहेको एक मन्त्रालय विना विभागीय मन्त्री रहेका सकिल मियाँलाई दिने मुडमा छन् । भागवण्डा मिले आजै शपथ ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

१ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा  एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग