मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै ! « Khabarhub

मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै !


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै नेपाली कांग्रेसलोसपालाई सरकारमा सहभागी गराउन लागेका छन् ।

कांग्रेसलोसपाले माग गरे बमोजिम मन्त्रालयको भागबन्डा नमिल्दा सरकारमा सहभागी हुन ढिलाई भएको बताईएको छ । नेपाली कांग्रेसले ४ मन्त्रालयको माग गरेको छ भने लोसपाले २ वटा मन्त्रालयको माग अगाडि सारेको छ।

 यद्यपि मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई चार र लोसपालाई एक मन्त्रालय दिने मुडमा छन् । 

मुख्यमन्त्री सिंहले आजै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  ,नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ जना मन्त्रीलाई बर्खास्त गरि ६ वटा मन्त्रालय आफूसँग राखेका छन् । मुख्यमन्त्री सिंहले ६ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय कांग्रेसलाई र एउटा मन्त्रालय लोसपालाई दिई  बाँकी रहेको एक मन्त्रालय विना विभागीय मन्त्री रहेका सकिल मियाँलाई दिने मुडमा छन् । भागवण्डा मिले आजै शपथ ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

१ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा  एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३३ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट