पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध « Khabarhub

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

बैतडी – अविरल वर्षापछि खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ आलुगैरामा आज बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

पहिरोसँगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रूपमा रोकिएको र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।

यस्तै करेन्ट लागेर जिल्लाको शिवनाथ गाउँपालिका–६ का हरिसिंह धनाडीको एक बाख्रा मरेको छ । घर नजिकै रहेको विद्युत्को खम्बामा करेन्ट लागेर बाख्रा मरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको