पर्वतको फलेवासमा पहिरोले पुरिएर दुई जना बेपत्ता « Khabarhub

पर्वतको फलेवासमा पहिरोले पुरिएर दुई जना बेपत्ता


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पर्वत – गोठमा पहिरो पर्वतमा दुई जना पुरिएका छन् । फलेवास नगरपालिका वार्ड न १ कार्किनेटाका कुलप्रसाद पाध्याको गोठमा पहिरो आउँदा ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका वार्ड नं ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा पुरिएका छन् ।

पहिरोले २ वटा माउ भैँसी ,१ वटा पाडो ,४ बाख्रासमेत पुरेर वेपत्ता बनाएको छ। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरिरहेका छन् । तर वर्षा नरोकिएका कारण उद्धार कार्य सहज नभएको उनले बताए ।

उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरे मानवीय क्षति हुने अवस्था रहेकोले उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३० बजे

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै