आज र भोलि देशभर वर्षा हुने, यी स्थानमा भइरहेको छ ठूलो वर्षा « Khabarhub

आज र भोलि देशभर वर्षा हुने, यी स्थानमा भइरहेको छ ठूलो वर्षा


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा फेरि मनसुन सक्रिय भएको जनाएको छ । अहिले काठमाडौँ उपत्यामा ठूलो वर्षा भइरहेको छ । आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने महाशाखाले जनाएको छ । यस्तै,  मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भइरहेको छ ।

महाशाखाले तीन दिनका लागि जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज र भोलि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा अति ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको उल्लेख गरेको छ । यस्तै, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा जिल्ला रहेका छन् ।

वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई महाशाखाले अुनरोध गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ७ : ४२ बजे

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य

टिममा समावेश नभएपछि सुहाङले पनि दिए खुला उम्मेदवारी

काठमाडौं– ओलीको लिस्टमा नपरेपछि सांसद सुहाङ नेम्वाङले स्वतन्त्रमा उम्मेदवारी दिएका

सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन्

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला

ज्ञवालीको असन्तुष्टिबीच शंकरले दिए महासचिवमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल पुन महासचिवमा उम्मेदवारी दिएर

ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूचीमा